Sunday, September 6, 2015

फेरी अर्काे पराकम्पन

हल्लीदै छ मन
र ,हल्लदै छु म पनि
गर्ल्याम गुर्लुम ढलेका छन सपनाहरु
थाहा छैन कति रेक्टरको हो
रहेनछ मनको कम्पन नाप्ने सिस्मोग्राफ ।

लामो समय देखि जोगाड गरेको
रहरका लिस्टहरुमा
धुलैधुलो लत्पतिएका छन
आत्तीएको छु म
न कुनै उद्धारकर्ता न त कुनै राहत सामाग्री
न त रातो रातो काडै नै पिडीतको ।

वारम्वार आएका पराकप्नहरुले
फेरी पनि ढलाउन खोज्दैछन सपनाहरुलाई
आत्तीएको छु म डराएको छु म
र त खोज्दै छु
 मन भुकम्प प्रतिरोधी वनाउने वस्तुहरु
लौन सहयोग चाहीयो मलाई
केही छ मन प्रतिरोध गर्न सक्ने चिज ?

Sunday, May 10, 2015

कर्म चलेपछि !

 घरमा टपरी गास्ने काम सुरु हुन थाल्यो, चामल कुट्ने काम सुरु हुन लागिरहेको थियो तर के का लागी यो तयारी हुदै छ पत्तो थिएन । टपरी गाँसिरहनु भएकी हजुरआमालाईको काखमा वस्दै के गर्न टपरी गास्न लागेको भनेर सोधेको त वुढी जरक्क जर्किदै अव तँ ठुलो भै सकीस कर्म चलाउन लाग्या हो धेर लाडे नपल्टी भनेर हर्कानुभो म छक्क परे के रैछ कर्म चल्ने भन्या भनेर ।
स्कुलवाट फर्केसी खाजा खाएर चौर डन्डीवियो खेल्न हिडे है.............. एक सासमा भनिसकेर दुरुरु चौरमा पुगे, चन्द्रे सुदिपे हरि सव आईसकेछन । घरै देखि सोच्दै आएथे चन्द्रे र सुदिपेलाई नभएनि कर्म चल्ने भन्या थाहा नभएनी हरिलाई थाहा हुनुपर्छ किनकी उ हामी भन्दा ४ वर्ष ठुलो थ्यो तर हामी जत्तीकै कदको । डन्डीवियो को लौरो फुत्त फालेर तिनै जनालाई एकै ठाउमा जम्मा पारे अनुहार ठुस्स पार्दै । तिनै जनाले मुखामुख गरे के भएछ यसलाई भनेर । ओई हरि यो कर्म चलाउने भन्या के भन्त मैले मुख विगारी विगारी भने किनकी हजुरआमाको थर्काई अघि भेटिसकेको थिए यही प्रश्न सोध्दा । हरी मुसुक्क हास्दै भन्यो किन भन्त तेरो चलाउन लाग्यो होकी क्याहो ? अँ त अघि हजुरआमाले भन्नुभा मैले जवाफ दिए । ए केटो ल तँ अव ठुलो हुने भईस “इयो जनै लगाउने हो कर्म चलाउने भन्या ” मैलो सेण्डोवाट कालो भै सकेको जनै देखाउदै उसले धाप मार्याे । केटो अव तलाई मोज हुने भो जनै लगाउने दिन तँ त हिरो हुन्छस हिरो, सवले टिका लगाईदिने पैसा दिने गर्छन अनि लुगा पनि पाईन्छ, उसले मलाई फुरुक्क वनाउदै आफ्नो कर्म चलाउने दिनको अनुभव वतायो । त्यसपछि मलाई पनि कहिले आउला त्यो दिन हुन लाग्यो । सपनामा पनि नयाँ नयाँ लुगा लगाएको, गोजामा २० को नोट भएको र हात भरी सुन्तला चकलेट भएको देख्न लागे ।
अघिल्लो दिन मामा, फुपु लगायतका सवै आफन्तहरु घरमा जम्मा भै सक्नु भएको थियो  । आगनमा तोरण टाँगिएको थियो र जग्गे तयारी हुदै थियो ।  सवैले म ठुलो हुन लागेको कुरा गरे तर मलाई भोली गर्छन होला र एक्कासी ठुलो हुने होला भनेर कौतुहलता जागिरहेको थियो । अघिल्लो दिन नै स्कुलका हितैषी चन्द्रे, हरि, सुदिपे सप्पै मेरै घरमा आईसकेका थिए मानौ घरको आगन हुनै फन पार्क भन्दा कम थिएन ।
व्यानै आमाले चाडै उठाउनु भयो र ईनारमा लगेर खततत पानी खन्याएर निन्द्रा भगाईदिनु भयो र गम्साले जिउ पुछिदिएर घर ल्याईदिनु भयो  । मामा हातमा छुरा लिएर रेडी भै सक्नु भएको रहेछ, कानमा सेल झुण्डाउदै मामाले कपाल खौरदै चरेसको थालमा राख्नुभयो । एक छिनमा नै पहेला र लाजमात्रै छोप्ने लुगा ल्याएर मामाले लगाईदिनु भयो । वाजे मन्त्र पढ्दै के के थरी गर्न लगाउदै हुनुहुन्थ्यो तर आफुलाई धोतीले पुरा नछोपिएको लाज लागिरहेको थियो । विधी पुर्याएर व्रतवन्ध सकियो वाजेले जनै लगाईदिनु भयो र कानमा खुसुखसु सन्जे सुनाउनु भयो र सधै विहान नुहाएर भन्नु पर्ने नियम वताईदिनु भयो । त्यसपछि मामाले वोकेर भित्र लैजानु भयो र झोलावाट भिकेर नया टिर्सट, जिन्सको प्यान्ट, जुत्ता रातो क्याप र पिलपिले घडी लगाईदिनु भयो जुन मैले सपनमा पनि पाउला झै लागेको थिएन । नया लुगामा सजिएर वाहिर आउदा स्कुलका साथीहरु हेरेको हेर्ये भए अझै मामाले टिका लगाईदिएर सयको नोट हातमा राखिदिदा त साच्चै हो की हैन झै लागीरहेको थियो । आएका आफन्तहरु सवैले टिका लगाइदिने दक्षिणा लुगा दिने गर्ने थाले जम्मा भएका पैसा सव आमालाई मख्ख हुदै राख्न दिन थाले । लुगा यती जम्मा भएको थियो की अवको तिन वर्ष दशैमा लुगा किन्न पर्देन थ्यो ।
व्रतवन्ध सकिएको वेलुका देखी मेरो खाना खाने ठाउ फेरिएको थियो ,आज वा ले आफु नजिकै राखेर खाना खान वोलाउनु भयो र औसनी हाल्न सिकाउनु भयो । वावु अव तँ ठुलो भैस काँधमा हात राख्दै वा ले भनिरहदा मलाई आफ्नो उचाई नाप्न मन लागिरहेको थियो । जम्मा भएको दक्षिणाले भाृलि देखि सधै सुन्तला चकलेट खान पाउने कुराले मेरो मन फुरुङ्ग थियो ।
भोली पल्ट देखि विहानै सधै नुहाउनु पर्ने उर्दी जारी हुन लाग्यो, खाना खाँदा धोती फेरेर खानुपर्ने र सधै सन्जे जप्न पर्ने हुन थाल्यो । स्कुल जाँदा सवैले तालु भन्न लागे अनि शौच जाँदा पनि जनै कानमा राखेर जानु पर्ने रे । आठ वर्षको थिए ३ कक्षामा पढ्ने घरीघरी म लुगावाट जनै निस्कीरहदा ज्यादै लाज लागिरहेको थियो ।
जम्मा भएको पैसाले हरि चन्द्रे र सुदिपे संग केहि दिन सुन्तला चकलेट र वरफ खान पुगेको थियो । एक दिन स्कुलवाट घर फर्कदा पाहाडको ठुलावा वितेको खवर आएछ खुव भोकाएर आएको थिए खाजा मागेको त आमाले जुठो परेको वेला खाँजा माग्ने कर्म चलिसक्दा पनि भनेर हकार्नुभयो नुहाएर गहुत खुवाए पछि मात्र उसिनेको आलु खान दिनुभयो त्यो पनि चिनी संग अनि मात्र थाहा पाए मैले मेरो पनि कर्म चलेछ ।