Friday, July 29, 2016

सलाम देवनाराणहरुलाई


क्षम्य हुदैन हामीलाई 
कसैले हाम्रो माटोमा प्रहार गरेको 
किनकी हाम्रो माटोमा स्वाधिनताको गन्ध छ, 
शहिदका सपनाहरु र श्रमिकका पशिनाहरु छन, 
त्यसैले, 
उत्रिन्छन देवनारायाणहरु, शुसिल र हर्षधनहरु 
आफ्नो माटोको वचाउका लागी ।

सहन्नौ हामी कसैको विस्तारवाद 
किनकी हामीलाई दाश वनाउन सिकाईएको छैन 
सिकाएको छ त केवल 
स्वाधिनताको पाठ अडिगताको पाठ 
र , 
त्यसैले त सहन्नौ हामी माटो माथीको प्रहार 
उठ्छौ हामी तिनका विरुद्ध 
जसले धावा वोलेको छ हाम्रो माटो प्रति 
प्रश्न उठाएको छ हाम्रो राष्ट्रियता प्रति ।

हो हामी त्यही विरका सपुत हौ 
जसले विना पानी नालापानी युद्ध लडेको थियौ
नाकावन्दी सहेर स्वाधिन हुनुको परिचय देखाएको थियो 
त्यही आमाका सपुत हुन शुुसिल र शंखरहरु पनि  
जसले नेपाल आमाको दुध पिएको छ, 
शिर उचो राखेर जिएको छ
आज फेरी एक पटक नेपाल र नेपालीको 
छाती चौडा वनाउने कामका लागी
सलाम छ देवनारायण तिमीलाई .

Sunday, July 24, 2016

कतार जान मानेन !

यसपाला ज्यादा पानी परेका ले
पिर छ मेरी आमालाई
कतै खेतमा रोपिएको
धानको वेर्ना मर्छ कि भनेर
आखिर खुवाउनुछ त्यही धानले
आफ्ना वचेराहरुलाई
पुर्याउनुछ वर्ष भरी
किनकी मेरो आमाको छोरो
आमाको दुख मेटाउन
कतार जान मानेन ।

हेरक दिन एरपोर्टवाट
काठका वाकसहरुमा
तल्लाघरे हरि ठुले र श्यामे
प्याक भएर आएको पनि देखेको छ
आमाको छोरोले ,हो त्यही डरले
आमाको छोरो
आमाको दुख मेटाउन
कतार जान मानेन !

कतार नै गएर राजुले
घर घडेरी जोडेको पनि उसले नदेखेको हैन
कालीले सुनको चुरा र सारी फेरको पनि नदेखेको हैन
तर पनि केही सम्भावनाहरु मनमा पालेर
आशाको दियोहरु वालेर
वसेको छ आमाको छोरो
आखिर यही पनि त केही होला
विदेशमा वगाउने पसिनाले
यही त केही उम्रला
यही सोच्दै वसेको छ आमाको छोरो
यही केही गर्ने आशामा
हो त्यसैले आमाको छोरो
कतार जान मानेन !

Tuesday, April 26, 2016

Change, Saraiya and bonded labor.


Bonded labour is one of the biggest socio-economic problems of India. It is being practiced in this society since ancient times and unfortunately, it is still continued to be in practice in various forms. Under the bonded labour system, a person is given no or nominal amount in return for his/her labour. People, who don’t have land, education and well economic status are forced to be bonded labour.
Organs and causes of bonded labour:
·         Caste based discrimination
·         Vast poverty and inequality
·         Inadequate education system
·         Unjust social relations
·         Governments unwillingness

I am talking about a village, which is a bounded labor free village. The village name called Saraiya, which lies in Prinda block Varanasi district. it is 3 kilometer far from main highway.  It has 26 households with around 200 people. They all are from Musahar Community. When we entered the village, we saw managed homes with electricity and Solar panel as well as water hand pomp. There is primary school with all those facilities.

Around 8 years ago, People of Sariya used to work in brick factory as bounded labor. They don’t have other working option. They hardly worked in factory but they did not get their salary on time, they never got full working amount. Owner of factory forcefully engaged them to the work. They all were discriminated from caste based discrimination and highly suffered from poverty. They were very silent; they did not want to talk with unknown person because of fear. They were scared by police pressure. If there was any criminal case on nearer village police used to arrest Musahar people. They don’t have proper home for live, they don’t have Rasan card as well as voter ID card.
PVCHR and dignity initiative adopted Sarai village as torture free model village in 2010. PVCHR conducted several meetings for awaking them and lobby with their problems.
Musahar people have started to talk about their own problems. They came to know about their rights and started demanding basic necessities with government. Now days they have proper home, all household things, Rasan card as well as voter ID card. Children’s also started to go to school.
I recently visited the village; I felt there were more other rising issues. They have home but they don’t have any regular resources for daily survive due to which they are again heading to do the work in the brick factory. They are empowered to talk with the owner of factory to get salary in time but they want option of this job.

Well education, local awareness and empowerment is needed to uplift their life style, along with this all government should also implement different plans and policies and should play vital role in uplifting their life standards.
Freedom is not only the big issue in comparison with their life style. At first they used to face the problems of house to live but nowadays they are facing the problems of food for living their daily life.  Government should implement relevant plans and policies to control bounded labor.
For this government should provide farming training, and develop kitchen gardens. As they are still not very sensitive on sanitation issues government should flourish awareness on this issue. India which is currently at top of world economy should be marching towards social harmony too; this is what I wish.

We all want to live with peace and dignity so let’s put hand in hand and unite together


#Freedom #Bondedlobor #issues #India #youthexchange #Fkyouth #Insec #PVCHR


Oppressed Women in India and Nepal Must Stand Tall

Being close neighbours, India and Nepal share a unique relationship of friendship and cooperation characterised by open borders and deep-rooted people–to–people contact of kinship and culture. There is free movement of people across the borders. Nepal has an area of 147,181 Square Kilometres. It shares a border of about 1850Km in the east, south and west with five different Indian States – Sikkim, West Bengal, Bihar, Uttar Pradesh and Uttarakhand.
Nepal and India have many similarities in culture, language, dresses, as well as on some social issues. Nowadays, I am in India for my Youth exchange program between human rights organisation, Informal Sector service Centre (INSEC) Nepal and People’s Vigilance Committee on Human Rights (PVCHR) India. I wish to talk about the plight of women in both of the countries.
http://differenttruths.com/gender/oppressed-women-in-india-and-nepal-must-stand-tall/
#Situation of Women #comparing #Nepal #India #Nirmal 

Wednesday, March 2, 2016

A Day in Madrasa

This is my article after visiting Muslim Madras in Vanarasi India, published in the famous American online Different Truths http://differenttruths.com/education-career/a-day-in-a-madrasa/

#Nepaliyouth #Nirmalkmarpaudel #FK #INSEC #PVCHR

Sunday, September 6, 2015

फेरी अर्काे पराकम्पन

हल्लीदै छ मन
र ,हल्लदै छु म पनि
गर्ल्याम गुर्लुम ढलेका छन सपनाहरु
थाहा छैन कति रेक्टरको हो
रहेनछ मनको कम्पन नाप्ने सिस्मोग्राफ ।

लामो समय देखि जोगाड गरेको
रहरका लिस्टहरुमा
धुलैधुलो लत्पतिएका छन
आत्तीएको छु म
न कुनै उद्धारकर्ता न त कुनै राहत सामाग्री
न त रातो रातो काडै नै पिडीतको ।

वारम्वार आएका पराकप्नहरुले
फेरी पनि ढलाउन खोज्दैछन सपनाहरुलाई
आत्तीएको छु म डराएको छु म
र त खोज्दै छु
 मन भुकम्प प्रतिरोधी वनाउने वस्तुहरु
लौन सहयोग चाहीयो मलाई
केही छ मन प्रतिरोध गर्न सक्ने चिज ?

Sunday, May 10, 2015

कर्म चलेपछि !

 घरमा टपरी गास्ने काम सुरु हुन थाल्यो, चामल कुट्ने काम सुरु हुन लागिरहेको थियो तर के का लागी यो तयारी हुदै छ पत्तो थिएन । टपरी गाँसिरहनु भएकी हजुरआमालाईको काखमा वस्दै के गर्न टपरी गास्न लागेको भनेर सोधेको त वुढी जरक्क जर्किदै अव तँ ठुलो भै सकीस कर्म चलाउन लाग्या हो धेर लाडे नपल्टी भनेर हर्कानुभो म छक्क परे के रैछ कर्म चल्ने भन्या भनेर ।
स्कुलवाट फर्केसी खाजा खाएर चौर डन्डीवियो खेल्न हिडे है.............. एक सासमा भनिसकेर दुरुरु चौरमा पुगे, चन्द्रे सुदिपे हरि सव आईसकेछन । घरै देखि सोच्दै आएथे चन्द्रे र सुदिपेलाई नभएनि कर्म चल्ने भन्या थाहा नभएनी हरिलाई थाहा हुनुपर्छ किनकी उ हामी भन्दा ४ वर्ष ठुलो थ्यो तर हामी जत्तीकै कदको । डन्डीवियो को लौरो फुत्त फालेर तिनै जनालाई एकै ठाउमा जम्मा पारे अनुहार ठुस्स पार्दै । तिनै जनाले मुखामुख गरे के भएछ यसलाई भनेर । ओई हरि यो कर्म चलाउने भन्या के भन्त मैले मुख विगारी विगारी भने किनकी हजुरआमाको थर्काई अघि भेटिसकेको थिए यही प्रश्न सोध्दा । हरी मुसुक्क हास्दै भन्यो किन भन्त तेरो चलाउन लाग्यो होकी क्याहो ? अँ त अघि हजुरआमाले भन्नुभा मैले जवाफ दिए । ए केटो ल तँ अव ठुलो हुने भईस “इयो जनै लगाउने हो कर्म चलाउने भन्या ” मैलो सेण्डोवाट कालो भै सकेको जनै देखाउदै उसले धाप मार्याे । केटो अव तलाई मोज हुने भो जनै लगाउने दिन तँ त हिरो हुन्छस हिरो, सवले टिका लगाईदिने पैसा दिने गर्छन अनि लुगा पनि पाईन्छ, उसले मलाई फुरुक्क वनाउदै आफ्नो कर्म चलाउने दिनको अनुभव वतायो । त्यसपछि मलाई पनि कहिले आउला त्यो दिन हुन लाग्यो । सपनामा पनि नयाँ नयाँ लुगा लगाएको, गोजामा २० को नोट भएको र हात भरी सुन्तला चकलेट भएको देख्न लागे ।
अघिल्लो दिन मामा, फुपु लगायतका सवै आफन्तहरु घरमा जम्मा भै सक्नु भएको थियो  । आगनमा तोरण टाँगिएको थियो र जग्गे तयारी हुदै थियो ।  सवैले म ठुलो हुन लागेको कुरा गरे तर मलाई भोली गर्छन होला र एक्कासी ठुलो हुने होला भनेर कौतुहलता जागिरहेको थियो । अघिल्लो दिन नै स्कुलका हितैषी चन्द्रे, हरि, सुदिपे सप्पै मेरै घरमा आईसकेका थिए मानौ घरको आगन हुनै फन पार्क भन्दा कम थिएन ।
व्यानै आमाले चाडै उठाउनु भयो र ईनारमा लगेर खततत पानी खन्याएर निन्द्रा भगाईदिनु भयो र गम्साले जिउ पुछिदिएर घर ल्याईदिनु भयो  । मामा हातमा छुरा लिएर रेडी भै सक्नु भएको रहेछ, कानमा सेल झुण्डाउदै मामाले कपाल खौरदै चरेसको थालमा राख्नुभयो । एक छिनमा नै पहेला र लाजमात्रै छोप्ने लुगा ल्याएर मामाले लगाईदिनु भयो । वाजे मन्त्र पढ्दै के के थरी गर्न लगाउदै हुनुहुन्थ्यो तर आफुलाई धोतीले पुरा नछोपिएको लाज लागिरहेको थियो । विधी पुर्याएर व्रतवन्ध सकियो वाजेले जनै लगाईदिनु भयो र कानमा खुसुखसु सन्जे सुनाउनु भयो र सधै विहान नुहाएर भन्नु पर्ने नियम वताईदिनु भयो । त्यसपछि मामाले वोकेर भित्र लैजानु भयो र झोलावाट भिकेर नया टिर्सट, जिन्सको प्यान्ट, जुत्ता रातो क्याप र पिलपिले घडी लगाईदिनु भयो जुन मैले सपनमा पनि पाउला झै लागेको थिएन । नया लुगामा सजिएर वाहिर आउदा स्कुलका साथीहरु हेरेको हेर्ये भए अझै मामाले टिका लगाईदिएर सयको नोट हातमा राखिदिदा त साच्चै हो की हैन झै लागीरहेको थियो । आएका आफन्तहरु सवैले टिका लगाइदिने दक्षिणा लुगा दिने गर्ने थाले जम्मा भएका पैसा सव आमालाई मख्ख हुदै राख्न दिन थाले । लुगा यती जम्मा भएको थियो की अवको तिन वर्ष दशैमा लुगा किन्न पर्देन थ्यो ।
व्रतवन्ध सकिएको वेलुका देखी मेरो खाना खाने ठाउ फेरिएको थियो ,आज वा ले आफु नजिकै राखेर खाना खान वोलाउनु भयो र औसनी हाल्न सिकाउनु भयो । वावु अव तँ ठुलो भैस काँधमा हात राख्दै वा ले भनिरहदा मलाई आफ्नो उचाई नाप्न मन लागिरहेको थियो । जम्मा भएको दक्षिणाले भाृलि देखि सधै सुन्तला चकलेट खान पाउने कुराले मेरो मन फुरुङ्ग थियो ।
भोली पल्ट देखि विहानै सधै नुहाउनु पर्ने उर्दी जारी हुन लाग्यो, खाना खाँदा धोती फेरेर खानुपर्ने र सधै सन्जे जप्न पर्ने हुन थाल्यो । स्कुल जाँदा सवैले तालु भन्न लागे अनि शौच जाँदा पनि जनै कानमा राखेर जानु पर्ने रे । आठ वर्षको थिए ३ कक्षामा पढ्ने घरीघरी म लुगावाट जनै निस्कीरहदा ज्यादै लाज लागिरहेको थियो ।
जम्मा भएको पैसाले हरि चन्द्रे र सुदिपे संग केहि दिन सुन्तला चकलेट र वरफ खान पुगेको थियो । एक दिन स्कुलवाट घर फर्कदा पाहाडको ठुलावा वितेको खवर आएछ खुव भोकाएर आएको थिए खाजा मागेको त आमाले जुठो परेको वेला खाँजा माग्ने कर्म चलिसक्दा पनि भनेर हकार्नुभयो नुहाएर गहुत खुवाए पछि मात्र उसिनेको आलु खान दिनुभयो त्यो पनि चिनी संग अनि मात्र थाहा पाए मैले मेरो पनि कर्म चलेछ ।